Rule 18
निरीक्षण तथा छानवीन गर्न सक्ने

१८. निरीक्षण तथा छानवीन गर्न सक्नेः

(१) ऐन, यस नियमावली वा इजाजतपत्र तथा अनुमतिपत्रमा उल्लेखित शर्तहरू बमोजिम कार्यक्रम प्रसारण गरे वा नगरेको सम्बन्धमा
मन्त्रालयले वा मन्त्रालयले तोकिदिएको अधिकारीले प्रसारण सम्बन्धी संस्थाको निरीक्षण तथा छानवीन गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण तथा छानवीन गर्दा शर्त बमोजिम कार्यक्रम प्रसारण गरेको नदेखिएमा मन्त्रालयले अवस्था अनुसार एकपटक शर्त बमोजिम काम गर्न मौका दिन सक्नेछ र त्यसरी मौका दिंदा पनि शर्त बमोजिम काम नगरेको भन्ने पुन ः

गरिएको निरिक्षण तथा छानबीनबाट देखिएमा मन्त्रालयले त्यस्तो प्रसारण संस्था वा व्यक्तिले प्राप्त गरेको इजाजतपत्र वा अनुमतिपत्र रद्द गर्न सक्नेछ ।

(३) कसैले ऐन वा यस नियमावली बमोजिम इजाजतपत्र वा अनुमतिपत्र नलिई अनधिकृत रूपमा कुनै कार्यक्रम प्रसारण वा वितरण गरेको देखिएमा मन्त्रालयले त्यस्तो कार्यक्रम प्रसारण वा वितरण गर्न प्रयोग गरेको यन्त्र वा उपकरण आफ्नो नियन्त्रणमा लिन वा सो यन्त्र वा उपकरण प्रयोग गर्न नसक्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।

 (४) यस नियम बमोजिम मन्त्रालय वा मन्त्रालयले तोकिदिएको अधिकारीबाट गरिने निरीक्षण तथा छानबिनका क्रममा आवश्यक सहयोग पु¥याउनु वा प्रसारण क्षेत्रभित्र मन्त्रालयले तोकेको स्थानमा कुनै कार्यक्रम हेर्न वा सुन्न सकिने व्यवस्था गर्नु सम्बन्धित प्रसारण संस्थाको कर्तव्य हुनेछ ।